मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन २३ गते २१:३६

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने तथा कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबार सर्वोच्चले नेकपाको वैधानिकता ऋषिराम कट्टलको पार्टीलाई दिने गरेको फैसला स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन गर्ने उनले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिका प्रति असन्तुष्टि जनाएका बताइएको छ । सरकारको पक्षमा बोल्नलाई समय नदिएको भन्दै सभामुखको भूमिका प्रति उनले असन्तुष्ट जनाएका बताइएको छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि २०७५ जेठ ३ अघि फर्किएकाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने र सरकारलाई अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित