१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओली कुन पार्टीका हुन्: भीम रावल

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी कुन हो भनेर प्रश्न गरेका छन् ।

संसदको सातौँ अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै उनले प्रधानमन्त्री ओलीको वैधानिकता सम्बन्धी प्रश्न उठाएका हुन् ।

आइतबार नै सर्वोच्च अदालतले नेकपाको वैधता ऋषिराम कट्टललाई दिएसँगै ओली प्रचण्ड नेतृत्वको नेकपा स्वतः खारेज भएको छ ।

त्यसै प्रसंगलाई इंगित गर्दै रावलले आफैँले विघटन गरेको संसदमा कसरी अध्यादेशको कार्यसूची पेश गर्न लागियो भन्दै विरोध गरेका हुन् ।

त्यस्तै, शोक प्रस्ताव पारित हुने संसद बैठकमा अन्य कुनै पनि कार्य नहुने नियम स्मरण गराउँदै रावलले अन्य कार्यसूची कसरी आयो भनि प्रश्न गरेका छन् ।