मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पूर्ववत नेकपा एमाले १२१ र माओवादी केन्द्र ५३ सिटको अवस्थामा

दैनिक नेपाल २०७७ फागुन २३ गते १६:०३

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकताबाट बनेको नेकपा खारेज भएको छ ।

आइतबार अदालतले ऋषि कट्टेलको नेकपालाई वैधानिकता प्रदान गर्दै ओली प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको हो । यससँगै उनीहरु पूर्ववत नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएका छन् ।

वि.सं. २०७४ सालमा भएको निर्वाचनमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८० सिट तथा समानुपातिकतर्फ ४१ सिट जितेको थियो ।

चुनावी गठबन्धन गरेर यी दुई पार्टीले १७४ सिट जितेका थिए । जसमध्ये पूर्व एमालेको जम्मा सिट सङ्ख्या अब १२१ कायम हुने देखिन्छ ।
माओवादी केन्द्रको भने प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेकाले जम्मा ५३ सिट हुने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित