काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको नेता हेरफेरसम्बन्धी सूचना संसद् सचिवालयमा दर्ता भएको छ ।
पार्टी संसदीय दलको नेता अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाएको व्यहोरा दर्ता गरिएको संसद् सचिवालयले जनाएको छ ।
यसअघि सांसदहरुको हस्ताक्षरविना उक्त सूचना दर्ता नगर्ने अडानमा सचिवालय थियो । तर, सूचना दर्ता गराउने गएका नेताहरुले संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा धर्ना दिएपछि सचिवालय बाध्य भएको बताइएको छ ।
प्रचण्ड–माधव समूहले सूचना दर्ता गर्न नमिल्ने भए नमिल्ने कारण लेखेर दिन महासचिव गौतमसँग माग गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस