शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा प्रचण्ड–माधव समूहको धर्ना !

दैनिक नेपाल २०७७ फागुन २३ गते १५:०७

काठमाडौं, २३ फागुन । संघीय संसदको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा प्रचण्ड–माधव समूहका नेताहरुले धर्ना दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संसदीय दलको नेता परिवर्तन भएको सूचना लिएर गौतमको कार्यकक्षमा पुगेको प्रचण्ड–माधव समूहका नेताहरुले आफूहरुको सूचना दर्ता नगरेको भन्दै धर्ना दिएका हुन् ।

महासचिव गौतमले कानूनी प्रक्रियासँगै राजनीतिक रुपमा छलफल गरेर मात्रै सूचना दर्ता गर्न सकिने बताएपछि नेताहरु र गौतमबीच चर्काचर्की समेत भएको बताइएको छ ।

दलको नेता परिवर्तनबारेको सूचना दर्ता गर्न गएका समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङसहितका नेताहरूले संसद् सचिवालयका महासचिव भरतराज पौडेललाई घेराबन्दी गरेको बताइएको छ ।

गौतमले उक्त सूचना दर्ता गर्न उपस्थित सांसदहरुको हस्ताक्षर खोजेपछि नेताहरु र उनीबीच भनाभन भएको तथा सूचना दर्ता नगरेसम्म आफूहरु कार्यकक्षबाट ननिस्कने र गौतमलाई पनि निस्कन नदिने अडान लिएर बसिरहेको बताइएको छ ।

सूचना दर्ता गर्न नमिल्ने भए नमिल्ने कारण लेखेर दिन नेताहरुले महासचिव गौतमसँग माग गरेका छन् । तर, गौतमले उक्त कारण पनि नदिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित