४ कार्तिक २०८३, बुधबार

नेकपामा दलको नेता परिवर्तन भएको सूचना पुग्यो संसद सचिवालयमा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई गराएका छन् ।

संसद बैठक शुरू हुने केही घण्टामात्रै बाँकी रहँदा उनीहरुले यस्तो सूचना संसद सचिवालयलाई दिएका हुन् । यसअघि प्रचण्ड–माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरेको थियो । यद्यपि यसबारेको काधिकारिकता भने पुष्टि भएको छैन ।

प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले सँगै गएर संसद सचिवालयमा यसबारे जानकारी गराए पनि सोसम्बन्धी सूचना भने सचिवालयले दर्ता नगरेको बताइएको छ ।

कानूनी रुपमा सल्लाह गरेर मात्रै आफूहरु अगाडि बढ्ने संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।