
काठमाडौँ, २२ फागुन । फागुन २३ गते अर्थात भोलिदेखि प्रतिनिधि सभाको सातौँ अधिवेशन सुरु हुँदैछ ।
सत्तारुढ नेकपाभित्रको विवादका बाबजुद संसद बैठक आह्वान भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्चले सरकारको कदम असंवैधानिक भएको भन्दै संसद पुनर्स्थापना भएपछि आइतबार अधिवेशन आह्वान भएको हो ।
भोलिको बैठकलाई मध्यनजर गरेर सांसदहरुलाई सरकारले कोरोनाविरुद्धको खोप दिएको छ ।
यसैबीच संघीय संसद सचिवालयले भोलिको संसदको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानका लागि पठाएको पत्र वाचन हुने तथा राजनीतिक दलहरुले शुभकामना दिने कार्यसूची रहेको छ ।
के के छन् त संसदका कार्यसूची ?















प्रतिक्रिया