
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने लामो सपना पूरा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार साँझ मेलम्चीको पानी सुन्दरीजलमा झार्ने क्रममा आयोजित कार्यक्रममा अब काठमाडौँमा पानी आएको प्रत्याभूति भएको बताए ।
फागुन २६ गतेसम्म फोहोर पानी बगेपनि २७ गते सफा पानीले बागमतीमा नुहाउन पाइने बताए ।
उनले प्रचण्ड माधवतर्फ व्यंग्य गर्दै यस्तो बेलामा पो लड्डु खानुपर्ने बताए । दीपावली गर्दै लड्डु खान समेत उनले स्थानीयलाई आग्रह गरे
त्यस्तै, सरकारले तीव्रताका साथ विकास गरेकाको मन नपर्नेले सरकारको विरोध गरेको बताए ।
उनले भने, ‘एक थरीले त यो सरकारले अचम्मै गर्न लाग्यो, काठमाडौंमा पानी झारेको पनि छ, राजमार्ग चौडा पनि गरेको छ, सुरुङपनि खनेको छ, बाटो सोझोपनि गरेको छ । रेल कुदाउँछु भनेको, रेल किनेर ल्याएको छ अब उधुम गर्न लाग्यो यो सरकारले भनेर खेदो खनेको छ । यो सरकारलाई ढाल्नै पर्यो भनेर हाम्रै पार्टीका हौं भन्ने केही काँग्रेसका दायाँबायाँ औठाछाप लगाएर निवेदन हाल्न गएका छन् । एक हल भएर निवेदन हाल्न गएका छन् । यो केपी ओलीले त उधुमै गर्यो हटाउँ यसलाई । यसलाई हटाउनका लागि कमसेकम तपाईहरुले नेतृत्व लिइदिनुपर्यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ, १ सय १६ सिट जितेको पार्टी भत्काउने, २३ सिट जितेको कांग्रेसलाई लौन प्रभू नेतृत्व गरिदिनुपर्ने भनेका छन् । यो जनताको आदेश हो ?’
त्यस्तै, उनले जनताले साथ दिए देशलाई विकास गर्न सकिने बताए । उनले भने, मदनले मुनालाई भनेजस्तो–तिमीले हाँसे म हाक्न सक्छु इन्द्रको आशन’ भने जस्तै जनताले साथ दिए देशलाई अघि बढाउने उल्लेख गरे ।
उनले भने, ’विकासलाई अगाडि बढाउने कामलाई हामी हाँक्न सक्छौँ, तपाइँहरुको साथ चाहिएको छ ।’ बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट कारखाना सबै खाएर सिध्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब कुनै उद्योगलाई बन्द हुन नदिने र नयाँ निर्माणको कामलाई अघि बढाउने बताए ।














प्रतिक्रिया