३० आश्विन २०८३, शुक्रबार

एमाओवादी नेताको होटलमा रहस्यमय हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoustरामसुन्दर आचार्य
काभ्रे, १७ चैत । काभ्रेको बनेपामा रहेको वेयलकल होटल एण्ड गेष्ट हाउसमा एमाओवादीका जिल्ला नेता एव पूर्वलडाकु ४५ वर्षीय पदमकेशर न्यौपाने मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाका गैह्वििसौना देउपुर ३ का न्यौपाने सोमबार होटलमा बास बस्न गएका थिए । इलाका प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार न्यौपाने दिउसो ३ बजे त्यस होटलमा बास बस्न आएका थिए ।

न्यौपाने विहान अबेर सम्म पनि नउठेपछि होटल सत्यनारायण भालुले प्रहरीलाइ खबर गरेका थिए । प्रहरी निरीक्षक दिपक भारतीका अनुसार न्यौपाने सुतेको कोठामा भित्रबाट चुकुल लगाइएको थियो भने, कोठा भित्र सिग्नेचर मदिरा, मिनलरलवाटर र पापड रहेको थियो ।

न्यौपाने पूर्व जनमुक्ति सेनाका प्याटुन कमान्डर समेत रहेका थिए । एमाओवादीका पूर्व जिल्ला सदस्य समेत रहेका न्यौपाने एमाओवादीको जिल्ला परिषद सदस्य हुन् । उनको मृत्यु कसरी भयो भन्ने कारण खुल्न सकेको छैन् ।