३१ आश्विन २०८३, शनिबार

समानुपातिक सांसदको पदमाथि तरबार

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ फागुन । कानूनी रूपमा पार्टी विभाजनको मान्यता नपाए नेकपाका समानुपातिक सांसदको पद धरापमा पर्ने देखिन्छ ।

दाहाल–नेपाल पक्षले मान्यता पाए उनीहरूले आफ्नो पक्षमा नउभिने ओली पक्षका समानुपातिक सांसदलाई हटाएर नयाँ ल्याउन सक्छन्। ओली पक्षले मान्यता पाए दाहाल–नेपाल पक्षका समानुपातिक सांसद हटाउन सक्छन्। तर, पार्टी विभाजनले कानुनी मान्यता पाए समानुपातिक सांसदको पद जोगिन्छ। दुवै पक्षले अहिले नै त्यसबारे सोच नबनाएको बताएका छन्।

‘हाम्रो प्रयास भनेको अहिले हाम्रो पक्षमा सांसदहरूलाई उभ्याउनेमा हुन्छ’, दाहाल–नेपाल पक्षका नेता बेदुराम भुसालले भने, ‘पार्टी एकता भएन भने त अरू सबै प्रक्रिया खुला हुन्छन्।’ तत्कालीन एमालेबाट ४१ र तत्कालीन माओवादीबाट १७ जना सांसद समानुपातिक कोटाबाट निर्वाचित छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा नरेन्द्र साउदले समाचार लेखेका छन् ।