४ कार्तिक २०८३, बुधबार

निलम्बन गरिएका सांसद सहभागी हुने भएपछि ओली समूहद्वारा प्रदेशसभा बैठक बहिस्कार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । आफूले निलम्बन गरेका सांसदहरु पनि प्रदेशसभा बैठकमा सहभागी हुने भएपछि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक वहिष्कार गर्ने भएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची बैठकमा छ । तर, आफूले निलम्बन गरेका सांसदहरु पनि बैठकमा सहभागी हुने भएपछि बैठक वहिष्कार गर्न लागिएको बताइएको छ ।

उनीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने जानकारी ओली समूहले सभामुखलाई जानकारी गराएको छ ।

निलम्बनको अवधि ३ महिना हुने भएकाले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने ओली समूहको भनाइ छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भने अझै बसेको छैन । विराटनगरस्थित प्रदेश संसद् भवनमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूह र अन्य दलका सांसदहरू पुगेका छन् । तर, बैठक शुरु हुन सकेको छैन ।

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, के होला मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?