४ कार्तिक २०८३, बुधबार

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, के होला मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ फागुन । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेवल गर्ने तयारी भइरहेको बताइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची रहेको स्रोतको भनाइ छ ।

यद्यपि अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक भने बसेको छैन ।

गत माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो । हिउँदे अधिवेशनको दोश्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो ।

आजको बैठक पनि अवरुद्ध हुने सङ्केत देखिएको छ ।