२९ आश्विन २०८३, बिहिबार

अनुमोदित आठै न्यायाधीशद्धारा मुद्दा हेर्न शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

courtकाठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेका आठै न्यायाधीशले मंगलावारबाट मुद्दा हेर्न सुरु गर्नुभएको छ ।

प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सो समितिले सोमबार अनुमोदन गरेर पठाएको थियो । समितिमा सोमबार अपराह्न भएको मतदानमा अस्वीकृतिका पक्षमा दुईतिहाई मत नपुगेपछि प्रस्तावित न्यायाधीशको नाम अनुमोदन भएको थियो ।

मंगलवार प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उहाँहरूलाई शपथ गराउनाका साथै इजलास पनि तोकिसक्नुभएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालका अनुसार सबै न्यायाधीशबीच आन्तरिक छलफल भइरहेको छ ।

आठ न्यायाधीश थपिएपछि सर्वोच्च अदालतमा हाल स्थायी न्यायाधीशको सङ्ख्या १३ पुगेको छ । दुई स्थायी न्यायाधीशको दरबन्दी अझै खाली छ । मुद्दाको चाप हेरेर आवश्यक मात्रामा अस्थायी न्यायाधीश थप गर्न सकिने संवैधानिक प्रावधानबमोजिम विगतको नियुक्तिलाई हेर्दा अझै १० अस्थायी न्यायाधीश थप गर्न सकिने अवस्था छ ।