१० कार्तिक २०८३, मंगलबार

पक्लिहवा क्याम्पस सार्न खोजेपछि कांग्रेस नेता खाणद्वारा विरोध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देहीको भैरहवामा रहेको पक्लिहवा क्याम्पसलाई अन्यत्र सार्न खोजेपछि विरोध जनाएका छन् ।

कांग्रेस नेता खाणले बुधबार विज्ञप्ति जारी गरेर पक्लिहवा क्याम्पसलाई अन्यत्र सार्ने विषयमा कांग्रेस र आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

रुपन्देहीको भैरहवाको कृषि र पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा लामो समयदेखि भेटेनरी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

‘पशु शिक्षण अस्पताल दश जनशक्ति र भौतिक व्यवस्थापनसहित पशुसम्बन्धी अध्ययन भैरहेको स्थानमा नै सञ्चालन हुनुपर्नेमा अन्यत्र सार्नको लागि चलखेल भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पक्लिहवा क्याम्पसको रुपमा सञ्चालन भएको क्षेत्रबाट पशु शिक्षण अस्पताललाई अन्यत्र सार्ने निर्णयप्रति मेरो कुनै सहमति र संलग्नता छैन’, कांग्रेस नेता खाणले भने, ‘म पूर्ण रुपमा पशु अस्पताल पक्लिहवा क्याम्पसमै सञ्चालन हुनुपर्छ भन्ने पक्षमा छु ।’

कांग्रेस नेता खाणले क्याम्पस सार्न हुँदैन भनेर गरिएको आन्दोलनमा ऐक्यबद्धतासहित आन्दोलनमा साथ रहने बताएका छन् ।

पक्लिहवा क्याम्पसलाई सार्न खोजेपछि स्थानीयले विरोध गर्दै रोक्न माग गरेका छन् ।