१० कार्तिक २०८३, मंगलबार

कार्की र पन्तलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ ।

एक लाख रुपियाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको इञ्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी दिएका छन् ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए ।

समाचार माध्यमहरूको लगातारको निगरानीपछि छानविन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो ।

सांसदहरूले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए । इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरू मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो ।

सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए ।

उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन् ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारितावाट करियर सुरु गरेका हुन् । उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् ।

मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिनेछ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार मंगलबार घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।