१० कार्तिक २०८३, मंगलबार

भालुको पित्तसहित एक युवक पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ–७ विष्णुमति चोकबाट भालुको पित्तसहित संखुवासभाका ३२ वर्षीय बिगुल राईलाई पक्राउ गरेको हो ।

राईबाट प्रहरीले १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थान बरामद गरिएको जनाएको छ । राईले भालुको पित्त प्रतिग्राम २५ हजारका दरले बिक्री गर्न लागेका थिए ।