१० कार्तिक २०८३, मंगलबार

५९ जना कृषकलाई कृषि सामाग्री हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-माधव बेल्बासे

चन्द्रौटा, २ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का ५९ जना कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

वडाका ४९ जना कृषकहरुलाई घास काट्ने चारामेसिन,६ जनालाई धान काट्ने मेसिन र ३ जनालाई पानी तान्ने मोटर वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटले बताए । वडाको वार्षिक कार्यक्रम अन्तर्गत बिनियोजित रु ५ लाखको बजेटरमा उक्त सामाग्री वितरण गरिएको सापकोटाले बताए ।

सामाग्री हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले समृद्ध नगरको लागि कृषकको भुमिका बढि हुने भएकोले कृषि कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिएको बताए । कृषकलाइ प्रोत्साहन गर्न वडाले बजेट बिनियोजन गरेको वडाअध्यक्षलाई धन्यवाद दिए ।

अधिकारीले कृषि सामाग्रीहरुलाई सहि सदुपयोग गर्न कृषकलाई आग्रह गरे । नगरको र स्वयंम कृषकको रकम पनि परेकोले पेशामा सहज हुने बताए । वडाको ६० प्रतिशतको लगानी कृषकको ४० प्रतिशत लगानीमा उक्त सामाग्री हस्तानरण गरिएको हो ।