१२ कार्तिक २०८३, बिहिबार

सरकारले ३ वर्षमा गरेका राम्रो काम देखेर विरोधीहरु छटपटाएका हुन्: प्रधानमन्त्री ओली

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा काम देखेर विरोधीहरु छटपटाएको बताएका छन् ।

शनिबार बुटवलमा नेकपाद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले ३ वर्षमा गरेको असाधारण काम देखेर त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको आरोप लगाए ।

जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’

त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीले दावी गरे ।

‘खाली अनुहार नराम्रो लागेर मात्रै होइन, कामसँग डराएर । हामी कहिल्यैपनि शिर निहुर्याउन जानेनौँ । हाम्रो राष्ट्यितको पक्षमा, स्वाधिनताको पक्षमा समान हकअधिकार हामीले अन्तर्राष्ट्रिय तवरमा पनि हामीले भन्यौँ,’ ओलीले राष्ट्रियता जोगाउन पनि लागि परेको बताए ।