१२ कार्तिक २०८३, बिहिबार

मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । काठमाडौँबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल चोरीका सुचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकल सहित पक्राउ हुने क्रम बढेको छ ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरीमुद्दाका अनुसन्धान कारवाहीका लागि विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट श्रेष्ठको पल्सरसहित धादिङ्ग गजुरीका धन बहादुर तामाङलाई वास्तविक नम्वर परिवर्तन गरि बा.प्र.३-०२-०२० प ४८२४ राखेको अबस्थामा पक्राउ गरेको हो भने बल्खुबाटमगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकल सहित धादिङ्ग थाक्रेकाईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्गलाई प्रदेश ३(०२,०११प८९२९ नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ गरि तीनै जना माथि अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरि बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङनै भएको तथ्य पत्ता लाग्यो, त्यस पछि टोलीले सुचना संकलन एव खोजतलास गरि बिशेष सुराकको आधारमा उनलाई बल्खुबाट पक्राउ गरेको भट्टराईले बताए ।

पक्राउ भएका मोटरसाइकलहरु यहि मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ ।

थापा मगरको प्रदेश ३-०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अवस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा.प्रदेश ०२-०१९ प ९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख गरेका छन ।

हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

उनले यस आ.व. मा मात्रै १९६ वटा मोटरसाईकल खोजतलास एव पक्राउ गरि सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको जानकारी दिए ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।