८ कार्तिक २०८३, आइतबार

महिला लघुवित्तको आइपीओ खुल्यो, फागुन २ गतेसम्म भर्न सकिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ ।

लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । जसमध्ये ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सेयर

म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ भने बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

फागुन २ गतेसम्म भर्न सकिने यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा अत्याधिक आकर्षण हुन थालेकाले १० कित्ताका दरले आइपीओ भाग लगाउँदा यसमा जम्मा ३७ हजार ५ सय जनामा मात्रै पर्ने देखिन्छ ।