८ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । माछापुच्छ्रे बैंक लि.ले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायीक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

माछापुच्छ्रे बैंक लि. को देशभर १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढि पिओएस मेसिनमार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।