६ मंसिर २०८३, आइतबार

यी हुन नेपाली सेनाको बद्नाम गर्न धन्दावाल व्यक्तिहरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । सुनसरी प्रहरीले नक्कली उप–सेनानी भएको भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ‘सेनाको उप–सेनानी हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्दै हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवकुमार कार्की र सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्का रहेका छन । सेनाको पोशाक र दर्ज्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचनाका आधारमा प्रहरीले खोज्ने क्रममा उनीहरूलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।

नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट ११ लाख बढी ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँसहित विभिन्न बैंकका एटीएम, आईएमईका रसिद र मोबाइलहरू बरामद गरेकोे छ । कार्की र खड्कालाई प्रहरीले ठगी मुद्दामा आवश्यक कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।