६ मंसिर २०८३, आइतबार

ओली बोल्दै गर्दा थापाले कानमा खुसुक्क के भनेका थिए ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । दरबारमार्गमा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वृहत जनसभामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई सम्बोधनका क्रममा प्रेस सल्लाहकार सूर्य थापाले कानमा खुसुक्क केही कुरा भनेका थिए ।

काठमाडौंको दरबारमार्गमा ओलीले शुक्रबार सम्बोधन गर्दै गर्दा थापाले प्रधानमन्त्री ओलीलाई केही भनेका थिए । ओलीलाई थापाले के भने भनेर धेरैको मनमा चासो भएको थियो ।

सम्बोधनका क्रममा ओलीले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाएका थिए ।

सहभागीले पनि प्रधानमन्त्री ओलीकाृ जयजयकार गर्दै नारा लगाएका थिए । नारापछि ओलीले पानी खाएर सम्बोधन सुरु गर्न लागेका थिए । उनले सम्बोधन सुरु गर्नै लाग्दा प्रेस सल्लाहकार थापा पछाडिबाट आएर सम्बोधन सक्न अनुरोध गरेका थिए ।

थापाले प्रधानमन्त्री ओलीको कानमा भने, ‘पछाडि साउण्ड सुनिएको छैन ।’ प्रधानमन्त्रीले नबुझेपछि ‘हँ’ भने । थापाले पुनः भने, ‘साउण्ड काटियो पछाडि, अब सक्याउँदा राम्रो हुन्छ ।’

सल्लाहकार थापले भाषण छोट्याउन भनको १५ मिनटपछि प्रधानमन्त्री ओलीले सम्बोधनलाई समाप्त गरेका थिए ।