काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमसीसीको समर्थनमा पुगको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन् ।
शुक्रबार बिहान राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दाहालले एमसीसीबारे पार्टीमा आफूहरू छलफलमै रहेको बताए । उनले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ ।’
बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि दाहालले रोकेका थिए । उनले आमहड्ताल जेका लागि थियो त्यसमै केन्द्रित नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए ।
‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ’, उनले भने, ‘त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो ।’
‘यो बेला दशथरी नारा लाउनुभन्दा जे नारा हो त्यसमै केन्द्रित गरौँ भनेको हो’, दाहालले भने, ‘एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन ।’
‘एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर, ती मान्छे त हाम्रै साथी हुन्’, उनले भने, ‘जता पायो त्यतै नारा नलाउनुस् भनेको हो ।’
अध्यक्ष दाहालले आफूले केहीदिन अघि अमेरिकी राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताएका छन ।











प्रतिक्रिया