काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका दोस्रो वरीयताका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट कसैलाई चोइटिन मन भए बालकोट जान सुझाव दिएका छन् ।
शुक्रबार बिहान राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले केपी ओलीको निजी निवासतर्फ संकेत गर्दै बालकोटमा जान भनेका हुन् । ‘जान मन लागे बालकोट गए हुन्छ’, नेपालले भने, ‘त्यहीँ वरिपरि घेरेर गणेश प्रवृत्ति मनाए हुन्छ ।’
उनले ओलीले गरेको अपराधको हिसाबकिताब इतिहासले गर्ने बताएका छन ।
उनले नेपाल बन्दबारे भ्रम फैलाइएको आरोप लगाएका छन । उनले भने, ‘केपी ओलीलाई चेतना भया चक्रपथमा आर्मीका गाडी घुमाएर कोही डराउँदैन । शान्तिपूर्ण आन्दोलनमा आएकालाई केपी ओलीको निर्देशनमा बल प्रयोग भएको छ ।’











प्रतिक्रिया