
काठमाडौं, २२ माघ । प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले प्रचण्ड–माधव समूहको बन्दमा शीर्ष नेताकै रवाफप्रति आक्रोश व्यक्त गरेका छन् ।
पूर्णतः सवारी रोक लगाउनेगरी आयोजना गरिएको आमहड्तालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्णडक्रुजर कार र माधव नेपाल स्कुटर चढेर कार्यकर्ताको माझमा पुगेकोप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गरेका छन्, ‘आफू ल्याण्डक्रुजर चढेर निस्किने अरुका वाहनमाथि ढुंगामुढा गर्ने ?’
सामन्ती पारामा कार्यकर्तालाई आदेश दिने, जनताले दुःख सहेरै पनि उनीहरुको आदेश मानिदिनुपर्ने तर, आफूहरुचाहिँ आफ्नै आदेशको उल्लंघन गर्दै वाहन चढेर कार्यकर्तालाई ढाडस दिन पुगेको भन्दै संग्रौलाले प्रचण्ड–माधव प्रवृत्तिको आलोचना गरेका हुन् ।
केहीबेरअघि ट्विट गर्दै उनले लेखेका छन्, ‘समान्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने ! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुल्चोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी । वाहन चलाउने अरूलाई ढुङ्गामुढा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली ! सडकमा देखियो यिनको जनवाद !’
संग्रौलाले नेताको आदेश मानेर जे गरे पनि ताली ठोक्ने कार्यकर्ताको पनि विरोध गरेका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया