काठमाडौं, २२ माघ । फेसियल हाउस लेडिज एण्ड जेन्टस सैलुनकी सञ्चालिका सुष्मा महराले मजदुरलाई कुनै शोषण नगरिएको भन्दै खण्डन गरेकी छिन् ।
महराले मेलमार्फत खण्डन पठाएर आफूले मुकेश पाण्डेलाई शोषण नगरेको दाबी गरेकी हुन् । ‘फेसियल हाउसले मजदुरलाई शोषण गरेको भन्ने समाचारमा भनिए जस्तो सत्यता नभएको जानकारी गराउँदछौं’, खण्डनमा भनिएको छ ।
‘मुकेश पाण्डेले एण्डभान्स बापत २ लाख लगी २ वार्षको एग्रीमेन्ट गरेकोमा एग्रिमेन्ट अवधिमै यस कम्पनीलाई थाहा नै नदिई उस्तै प्रकृतिको एकडमी सञ्चालन गरेकोले एग्रिमेन्टमा उल्लेख भए बमोजिम कम्पनिले कार्वाहीका लागि सूचना जारी गरी हिसाब किताब गर्न भनिएको र चित्त नबुझे कानूनी उपचारमा जाने जानकारी गराइएको प्रष्ट पार्न चाहन्छौं’, महराले भनेकी छिन् ।
दैनिक नेपाल डटकमले फेसियल हाउसका कामदार पाण्डेलाई शोषण गरेको समाचार सम्प्रेषण गरेको थियो ।
















प्रतिक्रिया