३० आश्विन २०८३, शुक्रबार

अपहरणको नाटक गरी छोराले मागे बाबुसँग १५ लाख फिरौती, घटनाको योजनाकार प्रेमिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anjan-Thakur

काठमाडौँ, १५ चैत । प्रेमिकाको सल्लाहमा आफ्नै बाबुसँग अपहरणको नाटक गरी १५ लाख रुपैंया फिरौती माग्दा एक युवक प्रहरी खोरमा पुगेका छन् ।

घटना ललितपुरको हो । सप्तरीको इटहरी बिष्णुपुर–३ घर भई ललितपुर इमाडोल बस्ने कृष्णबल्लभ ठाकुरको मोवाइलमा शनिबार बिहान साँढे १० बजे “तेरो छोरा हाम्रो नियन्त्रणमा छ, छोरालाई सकुशल छुटाउनु छ भने १५ लाख रुपैँया फिरौती रकम दे” भन्दै फोन आयो ।

कृष्णबल्लभले प्रहरीलाई जानकारी गराएपछि अपराध शाखा, ललितपुरको विशेष टोलीले अनुसन्धान सुरु ग¥यो । प्रहरी अनुसन्धानबाट आइतबार बिहान पत्ता लाग्यो– कृष्णबल्लभकै १७ बर्षीय छोरा अन्जन ठाकुरले आफ्नो बुबासँग रकम असुल उपर गर्नको लागि आफू अपहरणमा परेको नाटक गरेका रहेछन् । उनले बाबुलाई आफैले फोन गरी भ्रममा पारी अपहरणकोे नाटक गरेको खुलासा भएपछि आइतबार बिहानै ललितपुर सानागाउँबाट पक्राउ गरी ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

प्रारम्भिक सोधपुछको क्रममा युवकले प्रेमिकाको सल्लाहमा अपहरणको नाटक गरेको बयान दिएको ललितपुर प्रहरीले जनाएको छ ।

बाबुबाट फिरौती बापतको रकम लिएपछि आफ्नो प्रमिकासँग विवाह गरी घरपरिवारबाट छुट्टिएर बस्ने योजनामा अपहरणको नाटक गरेको उनले स्वीकारेका छन् ।