४ कार्तिक २०८३, बुधबार

म्यानमारका जननिर्वाचित सरकारको पुनर्वहाली गर्न राष्ट्रिय जनमोर्चाको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । राष्ट्रिय जनमोर्चाले म्यानमारका जननिर्वाचित सरकारको पुनर्वहाली गर्न माग गरेको छ ।

म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको जनमोर्चाले विरोध र भर्त्सना गर्दै यस्तो माग गरेको हो ।

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले म्यानमारको पछिल्लो घटनाले त्यहाँका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको उल्लेख गरेको छ ।

‘लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ’, वक्तव्यमा भनिएको छ, ‘हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनस्र्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

म्यानमारमा सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको छ ।

सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सुचीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ ।

सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्–