४ कार्तिक २०८३, बुधबार

म्यानमारमा भएको सैन्य ‘कू’ बारे के भन्यो नेपालले ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । विशेष परिस्थितिका कारण समयअगावै प्रतिनिधिसंविधान विघटन गरेर नयाँ निर्वाचनको घोषणा गरेको नेपालले म्यानमारमा भएको सैन्य ‘कू’लाई लिएर आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै म्यानमारका नागरिकको जनमतको सम्मान गर्दै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपालले विश्वास लिएको बताएको छ ।

साथै मन्त्रालयले सैन्य ‘कू’ का क्रममा पक्राउ गरिएका नेताहरूको रिहाइको माग पनि गरेको छ ।

विज्ञप्तिमा राष्ट्रपति यु विन मिन्ट र राज्य सल्लाहकार डाव, आङ साङ सू चीलगायत नागरिक नेताहरूको सुरक्षा र भलाइको बारेमा चिन्तित रहेको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको नेपाल सरकारले पनि यतिबेला ‘संवैधानिक कू’को आरोप झेलिरहेको छ ।