४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोल्लासको वातावरण नभएकाले उक्त कार्यक्रम राखिएको छैन ।