धनगढी, १९ माघ । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गतेदेखि सातौँ तथा हिउँदे अधिवेशन आहृवान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् ।
छैटौँ अधिवेशनसम्म प्रदेशसभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भैसकेका छन् । दुई वटा विधेयक विचाराधिन रहेका छन् ।











प्रतिक्रिया