काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ३ किलो अवैध लागूऔषध अफिमसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माईला भन्ने म्याक्स लो पक्राउ परेका छन
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो ।
म्याक्स उपर लागूऔषध ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानूनी कारवाही अघि बढाइने ब्यूरोले जनाएको छ ।
उता, झापाको चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय यमबहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।











प्रतिक्रिया