काठमाडौं, १८ माघ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ७ अमरसिंह चोकमा मोटरसाइकल दुर्घटनामा निराजन बरालको मृत्यु भएको छ ।
बा ९३ प ३३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुली घर भएर भक्तपुर बस्ने ३१ वर्षका बरालको मृत्यु भएको हो । सडक लेन मिचेर आउँदै गरेको बा ५ ख ४३ ७३ नम्बरको टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किएको थियो ।
मोटरसाइकल चालक बरालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।











प्रतिक्रिया