दमक, १६ माघ । झापा जिल्लामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत किसनगंज धनतोला पंचायत वडा नं. १ महमारी खरुवानटोल थाना दिगलबैंक बस्ने २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन् ।
बिहीबार बिहान झापा गाउँपालिका वडा नं. ४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।















प्रतिक्रिया