१० कार्तिक २०८३, मंगलबार

अख्तियार प्रवेश गरेपछि कर्मचारहरू भाग्न खोजे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित कार्यालयमा छापा मारेको हो।

अख्तियारको टोली करिब ४ घण्टादेखि कार्यालयमै रहेको छ । सेवाग्राहीसँग लिएको घुसको मोटो रकम कार्यालयमै रहेको सूचनाको आधारमा अख्तियारको बर्दिवासबाट आएको टोलीले कार्यालयमा छापा मारेको थियो ।

सवारी चालक परिचय–पत्र वापत उठाएको घुसको ठूलो रकम कार्यालयभित्रै भेटिने जानकारी अख्तियारलाई पुगेपछि टोलीले अनुसन्धान जारी राखेको अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीले बताए ।

अख्तियारको टोली कार्यालयभित्र प्रवेश गरेपछि कर्मचारीहरू भाग्न खोजेको थिए ।