१० कार्तिक २०८३, मंगलबार

केशवटार प्राविको वार्षिकोत्सव सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि वि श्रेष्ठ

व्यास, १३ माघ । केशवटार प्राथमिक विद्यालय व्यास नगरपालिका वडा नं १४, रुम्सीको ६५ औ वाािर्षकोत्सव एवं अभिभावक समारोह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितीको अध्यक्ष भिमकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव एवं अभिभावक समारोहका प्रमुख अतिथी व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी एवं व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्यालय ले ६५ औँ वार्षिकोत्सव मनाईरहँदा यस विद्यालयले यस क्षेत्रमा शिक्षामा ठुलो योगदान दिएको बताएका थिए । विद्यालयलाई समय सापेक्षा वनाएर गुणस्तरीय सेवा दिनु नै आजको आवश्यकता हो, वडाध्यक्ष श्रेष्ठले भने ।

यसै गरि व्यास नगरकार्यकारीणी सदस्य नरिमाया रानाले शिक्षा नै आजको प्रमुख आवश्यकता भएको हुदाँ विद्यालयलाई चुस्त वनाउनका लागी अभिभावकको महत्वपुर्ण भुमिका हुनुपर्ने बताए ।

यसैगरि केशवटार माविका प्राचार्य दुर्गा वहादुर आलेले विद्यालयमा अध्ययन गरेको स्मरण गर्नुहुदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै लाग्नुपर्ने बताए । शिक्षा विनाको जीवन अन्धकार हुन्छ, पहिलो प्राथमिकता शिक्षा नै हो । यसका लागि सरोकारवाला सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा रुम्सि टोल विकास संस्थाका अध्यक्ष सन्तोष राना मगर, एसओएस वालग्रामका प्रतिनिधि अमृत पन्थी लगायतका वारेमा वोलका थिए भने विद्यालयको वाािर्षक प्रतिवेदन प्रधानाध्यापक सन्तराज आलेले पेश गरेका थिए ।