
काठमाडौँ, १० माघ । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले टीकापुरबाट शुक्रबार राति पक्राउ गरेको हो । मसाल जुलुस निकाल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
प्रहरीका अनुसार टीकापुर नगर इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट पक्राउ परेका छन् ।















प्रतिक्रिया