
-माधव बेल्बासे
चन्द्रौटा, ८ माघ । कपिलवस्तुको बहादुरगञ्जमा रहेको आँखा अस्पतालमा नेपाली भन्दा बढी भारतीय बिरामीले सेवा लिएका छन् ।
भारतीय नागरिकको लागि नेपाली आँखा अस्पताल उपचार गर्न भरपर्दो ठाउँ बनेको छ । नेपाली नागरिकहरु अन्य स्वास्थ्य उपचारको लागी भारत लगाएत अन्य देशमा जाने गरेको भएपनि आँखा उपचारको लागी भारतीय नागरिकहरु नेपाली अस्पतालमा आउने गरेको पाइएको छ ।
सीमा क्षेत्र देखि करिब ७ किलोमिटरको दुरीमा रहेको छन्द कालेबाबु नारायणि आँखा अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मध्ये अधिकांश भारतीय नागरिकहरु रहेको अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताए । सेवा प्रवाहमा गुणस्तरीयता रहेकोले भारतीय नागरिकहरु उपचारको लागि नेपाली आखा अस्पतालमा आउने गरेको उनले दावी गरे ।
छन्द कालेबाबु नारायणी आखा अस्पताल बहादुरगंजवाट सन् २०२० मा ५ हजार २७ जनको मोतियाबिन्दुको शल्याक्रियाको भयो जसमध्ये ४ हजार १५६ जना भारतीय नागरिक रहेको अस्पतालको वाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले बताए । एक वर्षको अवधिमा ८७१ जना मात्र नेपाली नागरिकहरुको मोतियाबिन्दुको शल्याक्रिया भएको छ ।
त्यस्तै वहिरंग सेवा लिने ३८ हजार ४४७ जना मध्ये २२ हजार ६७१ जना भारतीय नागरिक रहेको संयोजक चन्दले बताए । भारतको उत्तर प्रदेशका अधिंकाश जिल्ला तथा बिहार लगाएतका ठाउँ बाट आँखाका बिरामीहरु आउने गरेको उनले बताए ।
भारतको सिदार्थनगर नौगढवाट आँखा उपचार गराउन आएकी शान्ती देवी कसैधानले भरपर्दो अस्पतला भएका कारण उपचारको लागि नेपाल आउने गरेको बताइन् । आँखामा समस्या भए गाउँका सबै बहादुरगंज आउने भएकोले आफु पनि आएको उनले बताइन् ।
अस्पतालले स्थानिय तहसँग सहकार्य गरि सबै तहका जनप्रतिनिधिहरुसँग छलफल गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले बताए । जिल्लामा अन्धोपन हटाउन नागरिकहरु सचेत हुनुपर्ने बताउँदै आँखा संवेदनशिल अंग भएकोले यसमा लापरवार्ही गर्न नहुने थापाले बताए ।















प्रतिक्रिया