
काठमाडौँ, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय २६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ जना पुगेको छ ।
२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ३१ हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया