काठमाडौं, १६ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठक पुस १७ गते शुक्रबारबाट शुरु हुने भएको छ ।
पहिलो बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरूले सम्बोधन गर्ने कार्यसूची बनाएको छ ।
बैठकमा अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनःगठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ ।
अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरूको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुनेछ ।











प्रतिक्रिया