काठमाडौं, १६ पुस । अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ ।
प्रत्येक देशको आ(आफ्नै पहिचानका बस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपाली भाषी एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्धेश्यका यस अभियानको थालनी भएको हो ।
संस्थापक अभियन्ता डा.लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु गरेको अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भै सकेको छ ।
नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भै सकेका छन् र थप गठन हुने प्रक्रियामा छन् ।
नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ(आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।
विश्वभरि छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई पुस १७ गतेका दिन आफ्नो अवस्था अनुकूल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपील गरिएको छ ।
नेपाली टोपी प्रतिष्ठानका नेपालस्थित, जिल्ला शाखा एवं नेपाली टोपी प्रतिष्ठानका ३९ देशमा रहेका सबै अन्तर्राष्ट्रिय शाखाहरूलाई संबन्धित अधिकार प्राप्त निकायसंग समन्वय र अनुमति प्राप्त गरि आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस बिभिन्न कायक्रम आयोजना गरि मनाउन अनुरोध गरिएको छ ।
संसारभर फैलिएको कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै प्रतिष्ठानका तर्फबाट भौतिक रुपमा मानिसहरू भेला भई गरिने कुनैपनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।
संसारभर बिभिन्न मुलुकमा बसोबास गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनीहरूमा यस पटकको टोपी दिवस सामाजिक दुरी कायम गरी, स्वास्थ्यसम्बन्धि सबै नियमहरू पालना गरी संबन्धित देशका नियम परिधिभित्र रही मनाउन विशेष अपील गरिएको छ ।
नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचोधागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।
कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
‘ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन । यो आयातित शब्द हो । बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।
नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ ।
नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ–आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।











प्रतिक्रिया