काठमाडौं, १५ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन ।
उनलाई ललितपुरको भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना गरिएको छ । दाहाल अस्पताल पुगेर पत्नीलाई भेटेका छन ।
आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।
बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।
सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी छिन ।











प्रतिक्रिया