६ मंसिर २०८३, आइतबार

कामचलाउ सरकारभन्दै सर्वोच्चमा परेको रिट हेर्न नभ्याइने सूचीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको पेसी हेर्न नभ्याइने परेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग सहित छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।