
काठमाडौं, १२ पुस– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव घोषणाको मोहजालमा नफँस्न सुझाव दिएका छन्।
आइतबार प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएको पार्टीको कोण सभालाई सम्बोधन गर्ने क्रममा भट्टराईले भने,‘कांग्रेस चुनावमा जाने र पहिलो पार्टी बन्ने रनभुल्लमा छ, त्यो त विषको घैंटोमा अमृत देखाएको जस्तो हो।’
प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा सडकमा उत्रिन आह्वान गर्दै कांग्रेसले ओलीको षडयन्त्र बुझ्नुपर्ने भट्टराईको कथन थियो। उनले नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले गोदेको गोदै गरेको पनि बताए। सो क्रममा दुवै जना बल्ल होसमा आएको भनी टिप्पणी गरे।











प्रतिक्रिया