६ मंसिर २०८३, आइतबार

चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाडौं आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल काठमाडौं आएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो ।

नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको छ ।

काठमाडौं ओर्लिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ ।

चिनियाँ टोलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक रूपमा जानकारी दिएको छैन ।