काठमाडौं, १२ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज देशभरि कार्यकर्ता भेला गर्दैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको दाहाल–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्न लागेको हो ।
भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
दाहाल– नेपाल समूहले १४ गते राजधानी र जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
२० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ । २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् ।
शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।











प्रतिक्रिया