६ मंसिर २०८३, आइतबार

ललितपुर र भक्तपुरका दुर्घटनामा तीन जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । ललितपुर र भक्तपुरमा भएका अलग–अलग दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ललितपुरको ग्वार्कोमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ बागमती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोले ठक्कर दिएका हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गाडी र चालक पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।