काठमाडौं, १० पुस । काठमाडौंमा उपत्यकामा आज चिसो बढेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार बिहान खुलेको छ । आकाश खुलेपछि चिसो बढेको मौसम पूर्वानुमान महााशाखाले जनाएको छ ।
शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकाको बिहीबार न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शुक्रबार अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।
तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया