६ मंसिर २०८३, आइतबार

नेकपाका दुबै समूहका केन्द्रीय कमिटीको बैठकहरू आज बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुसन । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बिहीबार बस्दै छन् ।

नेकपाका अध्यक्ष ओली नेतृत्वको नेकपाको केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले जानकारी दिएका छन् । ओली पक्षले बुधबार सातै प्रदेशमा मनोनीत नयाँ र पुराना केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको थियो ।

उता, बिहान साढे ११ बजे बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिनेछन् ।

प्रचण्डले ४० पृष्ठ लामो जवाफी पत्र तयार पारेका छन् । सो पत्र छलफलका लागि बैठकमा पेश गर्ने तयारी छ ।

बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको जनाइएको छ । यसअघि बुधबार बसेको नेकपा संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको थियो ।